२१ साउन २०७५, काठमाडौं
१८ औं एशियाडमा सहभागी हुने नेपाली कुस्ती टोली १० दिने विशेष प्रशिक्षणका लागि भारत प्रस्थान गरेको छ ।
एशियाडमा सहभागी तीन खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक सहितको टोलीलाई नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारीले बिदाई गरेका छन् । नेपाली टोलीले भारतको उत्तरप्रदेशस्थित नन्दनीनगर स्पोर्टस कम्प्लेक्समा विशेष तयारी गर्नेछ । जहाँ नेपाली टोलीले भारतका ओलम्पियन खेलाडीसँग प्रशिक्षण गर्नेछ ।
६५ केजी फ्रिस्टाइलमा सरोज यादव, ५७ केजी फ्रिस्टाइलमा भगवती साह तेली र ७४ केजी फ्रिस्टाइलमा सुरेश चुनाराले एशियाली खेलकुदमा कुस्तीबाट नेपालको प्रतिनिधित्व गर्नेछन् ।
अगष्ट १५ मा नेपाली टोली काठमाडौं फर्कनेछ भने त्यसपछि इण्डोनेशिया प्रस्थान गर्नेछ ।