२४ साउन २०७५, काठमाडौं
चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् । स्थानीय समयअनुसार बिहीबार बिहान ६ः३३ बजे शुरु भएको म्याराथनमा ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।
सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी ५ घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर पार गर्दै प्रथम भएकी थिइन् । ७ घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाएर संयुक्त राज्य अमेरिकाकी मेरिडिथ इडवार्डस् दोस्रो र ७ घण्टा ३६ मिनेट ४२ सेकेण्ड लगाएर चीनकी च्याङपिङ फ्याङ तेस्रो भइन् ।
विजेता बुढा अन्तर्राष्ट्रिय उत्कृष्ट धाविका पनि हुन् ।