नेपाली जुडो टिम प्रशिक्षणका लागि हङ्गेरी प्रस्थान



२३ साउन २०७५, काठमाडौं

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम सांसद जीवनराम श्रेष्ठले १८ औं एशियाली खेलकुद तयारीका लागि नेपाली जुडो टिमलाई वुडापेष्ट हङ्गेरीका लागि विदाई गरेका छन् ।

एशियाडमा जुडो खेल २७ अगस्तमा आयोजना हुने भएकोले करिब दुइ साता भन्दा वढी उनीहरु हङ्गेरीमानै प्रशिक्षण लिने छन ।

हङ्गेरी प्रस्थान गर्ने खेलाडीमा इन्द्र बहादुर श्रेष्ठ, रविन श्रेष्ठ, संजित डंगोल, श्रीराम माकाजु, देवका खड्का, मनिता श्रेष्ठ प्रधान, पुनम श्रेष्ठ छन भने प्रशिक्षकमा चन्द्र कुमार डंगोल, एलिरेका डान र अफिसियलमा सुरज काजी डोटेल रहेका छन ।

प्रतिक्रिया दिनुहोस्