२५ साउन २०७५, काठमाडौं
नेपाली यु- २३ टिमले आज थाइल्याण्डको यु – २३ टिमसँग दोस्रो अभ्यास खेल खेल्दैछ। इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा आयोजना हुने गेम्स र बंगालादेशमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीको निम्ति थाइल्याण्ड भ्रमणमा रहेको नेपाली युवा टोलीले दोस्रो अभ्यास खेल खेल्न लागेका हुन्।
दिउसो २:४५ बजेबाट थाम्मासत युनिभर्सिटी मैदानमा उक्त खेल शुरु हुने भएको छ। यसअघि टोलीले पहिलो अभ्यास खेल स्थानिय टोली पुलिस टेरो “बी” खेल्दै १-० को नतिजा निकालेर पराजित भएको थियो।
आज हुने खेलमा टोलीका कप्तान किरण चेम्जोङले गोल रक्षकको जिम्बेवारी सम्हाल्ने छन्। नेपाली टोलि उक्त अभ्यास खेल सकिए लगात्तै त्यहीबाट इन्डोनेसिया जानेछ। यही अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुने एसियन गेम्सको समूह दी मा रहेको नेपालले आफ्नो समुहमा रहेको जापान, भियतनाम र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।