२७ साउन २०७५, काठमाडौं
स्थापना भएको २१ वर्षपछि बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) ले आफ्नो बडापत्र तयार गर्ने भएको छ ।
आउदो भाद्र १४, १५ मा काठमाडौंमा हुने शिखर सम्मेलनको अवसर पारेर बडापत्र बनाउने सहमति शनिबार बसेको अधिकारीहरुको बैठकले पारित गरेको हो । यस वर्षपछि विमस्टेकले औपचारिक रुपमा दुरदृष्टि सहितको बडापत्र बनाउने तथा काठमाडौं घोषणा पत्रको विषयमा समेत सहमति जुटेको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए । साथै चौथो शिखर सम्मेलनको घोषणापत्रको अर्थवस्तु तथा औचित्यलाई पनि अन्तिम रुप दिइएको उनले बताए । विम्स्टेकलाई प्रभावकारी र क्षेत्रीय विकाशको अवधारणालाई प्राथमिक्ताका विषयमा राख्ने सदस्य राष्ट्रहरुको अधिकारीहरुले बताएका छन् ।
बैठकमा लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि पुर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यन्वायन विषयमा पनि छलफल भएको थियो । विम्स्टेकले पहिचान गरेको व्यापार, लगानी, यातायात, सञ्चार, ऊर्जा, पर्यटन, कृषि प्रतिआतंकवाद, गरिवी निवारण, जनस्वास्थ्य वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तन जस्ता १४ वटा क्षेत्रमा हालसम्म भएका प्रगतिहरुको समिक्षा पनि भएको बैरागीेले जानकारी दिए ।
म्यानमारमा सम्पन्न तेस्रो शिखर सम्मेलनले चौथो शिखर सम्मेलनको लागि अध्यक्ष नेपाललाई बनाई आयोजनाको जिम्मेवारी समेत दिएको थियो । सम्मेलनमा विम्स्टेकको सदस्य राष्ट्रहरु सरकार प्रमुखहरु, परराष्ट्रमन्त्री, सचिवहरु तथा प्रतिनिधिहरुको सहभागिता रहने छन् । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्के, म्यानमारकी राज्यपरिषद्की प्रमुख आङसाङ सुची तथा थाईल्याण्डका प्रधानमन्त्री प्रयुक्त चान–ओचा नेपाल आउने भएका छन् ।
सम्मेलनको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा आलीको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । सम्मेलनमा भाग लिन भनि भाद्र ११ बाट विदेशी पाहुनाहरु काठमाडौंमा आउने बताईएको छ । सम्मेलन हुनुपुर्व भाद्र १२ गते अधिकारी स्तरीय बैठक तथा १३ गते परराष्ट्रमन्त्री स्तरिय बैठक बसेर सम्मेलनको एजेण्डालाई अन्तिम रुप दिने बताईएको छ ।