जहाज खरिदमा अनियमितता देखिए कारवाही गर्छौंः उड्ययनमन्त्री अधिकारी



२८ साउन २०७५, काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइड बडी जहाजमाथि अनियमितता देखिएमा कारवाही गरिने बताएका छन् ।

खरिद प्रक्रियाको सुक्ष्म रुपमा अध्ययन गरिरहेको भन्दै आनियमितता देखिएमा कारवाहीको दायरामा ल्याउने बताएका छन् व्यावस्थापिका संसदमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

साथै उनले वायु सेवालाई निर्वाध रुपमा सञ्चालन गर्ने कामप्रति आफु सधैं प्रतिबद्ध रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्