
२९ साउन २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ मा क्रियाशील महिला समुहहरुको साझा संजालका अध्यक्षसँगको छलफल कार्यक्रम परिवर्तन खबरको कार्यालयमा सम्पन्न गरिएको छ ।

छलफल कार्यक्रममा संयुक्त महिला संजाल बू.न.पा. १० तथा महिला मैत्री समूहकी अध्यक्ष विन्दा गौतम, एकीकृत महिला विकास समिति बूनपा ११ तथा महिला मैत्रिदीप महिला समुहकी अध्यक्ष भवानी भट्टराई, एकीकृत महिला विकास समितिकी सचिव तथा प्रगतिटोल शान्तिमार्ग महिला समुहकी अध्यक्ष रेणुका पराजुली, एकीकृत महिला विकास समितिकी कोषाध्यक्ष तथा विकासका लागि संयुक्त महिला समुहकी अध्यक्ष कन्चन बास्तोला र महिला संजाल -१२ की अध्यक्ष तथा पारिजात महिला विकास समितिकी अध्यक्ष शारदा आचार्यको सहभागिता रहेको थियो।

छलफलमा विन्दा गौतमले छोटो समयमा निकै लोकप्रिय बनेको परिवर्तन खबरले राम्रा सामाजिक कामहरु समेत गरिरहेको भन्दै स्थानीय महिलाका मुद्दाहरुमा अझ ध्यान दिन अनुरोध गरिन। विगतमा महिला संजालले गरेको कार्यक्रममा आउने तर समाचार प्रकाशन नहुने हुँदा खिन्नता भएको गुनासो समेत गरिन।
त्यसैगरी कन्चन बास्तोलाले छोटो समयमा लोकप्रिय बन्दै गएको परिवर्तन खबरको अझ प्रगतिको कामना गर्दै २ पटक कार्यक्रममा निम्ता दिँदा १ पटक मात्र आएको भन्दै ‘चिट्ठी दिँदा मानको अपमान नहोस’ भन्दै महिलाको कार्यक्रममा नियमित प्रकाशन गर्न अनुरोध गरिन।

सहभागी मध्ये भवानी भट्टराईले परिवर्तन खबर नियमित रुपमा पढ्ने गरेको बताउँदै कहिलेकाहीँ एउटा पार्टीलाई मात्र केन्द्रीत गरेर समाचार प्रकाशन गरेको जस्तो लागेकोले सबैलाई समेट्न अनुरोध गरिन । अर्की सहभागी रेणुका पराजुलीले छोटो समयमा परिवर्तन खबरले गरेको प्रगति प्रसंशनीय रहेको बताईन।

छलफलमा सहभागी शारदा आचार्यले परिवर्तन खबरको बारेमा आफूलाई जानकारी नभएको बताउँदै महिलाका कार्यक्रमहरुलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिईन।
छलफल भावी कार्यक्रममा महिला समितिहरु र परिवर्तन खबरले एक अर्कालाई सम्मान गर्दै मिलेर सामाजिक रुपान्तरणमा लाग्ने निष्कर्ष निकालियो। परिवर्तन खबर व्यवस्थापनले सिमित जनशक्ति भएकोले सबै कार्यक्रमस्थलमा पुगी समाचार संकलन तथा प्रकाशन गर्न कठिनाई रहेको बताएपछि प्रत्येक वडाबाट ५/ ५ जना महिलालाई परिवर्तन खबरको कार्यालयमा नि:शुल्क आधारभूत पत्रकारिता तालिम संचालन गर्ने निर्णय गरियो। आपसी समझदारीमा तालिम आगामी आईतवारदेखि तालिम संचालन गर्ने निर्णय समेत गरियो ।
तालिमको लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ :






