२९ साउन २०७५, काठमाडौं
एशियाडमा सहभागि हुन जाने नेपाली स्क्वास टिमको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले मंगलवार बिदाई गरेका छन् ।
नेपाल स्क्वास संघका महासचिव सुरेश कुमार गुरुडको व्यवस्थापकमा जाने ६ सदस्य टोलीका खेलाडीमा अरान्त केशर सिंह, अमृत थापामगर, ज्ञानु चौधरी र राजिन्द्र शाक्य रहेका छन् । प्रशिक्षकको भूमिकामा हिरा थापा रहेका छन् । नेपालले पुरुषको ब्यक्तिगत स्पर्धा र टिम स्पर्धामा सहभागिता जनाउने छ । अरान्त केशर सिंह,अमृत थापामगरले भने ब्यक्तिगत स्पर्धामा समेत प्रतिस्पर्धा गर्ने छन् ।
बिदाई कार्यक्रममा नेपाल स्क्वास संघका अध्यक्ष किशोर महर्जन, नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका कर्मचारी निरज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।