०१ भदौ २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितामा केही घटबढ तथा अनावश्यक कुराहरु भएमा सरकार सच्याउन तयार रहेको बताएका छन् । संहिता लागु भएको पहिलो दिन संघीय मामिला तथा कानुन मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले यस्तो बताएका हुन् ।
मुलुकी संहिताको पहिलो दिन हो, यसमा केहि घटबढ र अनावश्यक कुराहरु भए सरकार फेरी छलफलको माध्यमबाट सच्याउन तयार छ, उनले भने । प्रधानमन्त्री केपी ओलीले मुलुकी ऐन गतवर्ष निर्वाचित भएका जनप्रतिनिधिबाट पास भएकोले यसमा खासै सच्याउन पर्ने कुराहरु नभएको बताएका छन् ।
उनले भने, नेपालको शासन प्रणालीमा जनप्रतिनिधि स्वयंले सुझाव दिएर ल्याएको मुलुकी ऐनलाई जथाभावी ऐन ल्यायो भन्नु भ्रम फिजाउनका लागि थप भ्रम पैदा गर्नु हो ।