एकल महिलालाई ठगेर अमेरिकामा गर्जिदै लायन दिपक कृष्ण दवाडी (भिडियो सहित)



“सबैलाई ठग्न पल्किएको दवाडीले मेरो कागज नै च्यातेनछन् । पछि लेनदेनको पैसा नतिरेको भन्दै जिल्ला अदालतमा मुद्दा हालेछन् । त्यतिमात्र हैन गोर्खा सेभिङ्ग सहकारी संस्था लिमिटेडमा मेरो र साथीको नाममा भएको ७ आना जग्गा रोक्का गरी पसल चलाउन ऋण लिएकी थिएँ । सो जग्गा समेत  पैसा ख्याएर  फाँटवाला र मालपोत कार्यालय चावहिलको तात्कालिन प्रमुखको समेत मिलेमतोमा अदालती प्रक्रियाबाट आफ्नो नाममा भएको जग्गा समेत दवाडीको नाममा नामसारी गर्न सफल भए ।”

०१ भदौ २०७५, काठमाडौं

आफूलाई अन्याय पर्यो भन्दै वौद्धमा भाडामा बसेर सामान्य व्यवसाय गर्ने एकल महिला सरिता पौडेल हाम्रो कार्यालयमा आईन । उनका अनुसार स्थानीय व्यवसायी दिदीको माध्यामबाट चिनजान भएका धापासी निवासी दिपककृष्ण दवाडीसँग उनले ४ लाख नगद चर्को ब्याजमा लिएर मामा पर्नेलाई दीइन् ।

मामा भन्नेले मासिक रुपमा बुझाउनुपर्ने ४ लाखको व्याज वापत १५,००० नदिएपछि २० महिनासम्म उनी आफैंले पसलबाट मासिक १५,००० हजारको दरले ब्याज तिर्दै गरेको बताईन । सानो चिनजानमा कागजको भरमा ४ लाख दिएका दवाडीप्रति उनको पूरा विश्वास थियो ।  त्यसैले लेनदेनको कागज दवाडीले भोली च्यातिदिने बताएपछि कागज नच्याति सबै साँवा व्याज पैसा मामा मार्फत फिर्ता गराईन ।

उनी भन्छिन, “सबैलाई ठग्न पल्किएको दवाडीले मेरो कागज नै च्यातेनछन् । पछि लेनदेनको पैसा नतिरेको भन्दै जिल्ला अदालतमा मुद्दा हालेछन् । त्यतिमात्र हैन गोर्खा सेभिङ्ग सहकारी संस्था लिमिटेडमा मेरो र साथीको नाममा भएको ७ आना जग्गा रोक्का गरी पसल चलाउन ऋण लिएकी थिएँ । सो जग्गा समेत  पैसा ख्याएर  फाँटवाला र मालपोत कार्यालय चावहिलको तात्कालिन प्रमुखको समेत मिलेमतोमा अदालती प्रक्रियाबाट आफ्नो नाममा भएको जग्गा समेत दवाडीको नाममा नामसारी गर्न सफल भए ।”

पछि सहकारी सहित मिलेर मुद्दा हाली त्यो जग्गा आफ्नो नाममा फिर्ता गर्न सफल भएकी पौडेललाई दवाडीले आफ्नो भाइ मार्फत फेरी पाटन उच्च अदालतमा मुद्दा हालेपछि साथीको जग्गा रोकिएर पिरलो थपिएको देखिन्छ ।

लायन्स क्लब जस्तो प्रतिष्ठित संस्थाको उच्च पदमा बसेको दिपक कृष्ण दवाडीले आफ्नो पदको दुरुपयोग गर्दै सिधै ठगेर अमेरिकामा पलायन भई परिवारसहित विलासीपूर्ण जीवन विताईरहेको उनको आरोप छ ।

दाजुको विषयमा सहोदर भाइ अधिवक्ता विश्व भुषण दवाडीसँग टेलिफोन गर्दा यो लेनदेनको विषयमा हो, उहाँले जिल्ला अदालतमा जितिसक्नु भएको छ । फोनबाट अरु कुरा गर्न मिल्दैन, म अहिले तालिममा छु भनी हामीसँग कुरा गर्न चाहेनन् ।

गोर्खा सेभिङ्ग सहकारी संस्था लिमिटेडका ऋण अधिकृतसँग टेलिफोन गर्दा चावहिल मालपोत कार्यालयबाट आफ्नो संस्थाले रोक्का गरेको जग्गा रोक्का छैन भनी अदालतमा जानकारी दिई आर्थिक लेनदेनमा सरितालाई अन्याय गरेको बताए ।

संलग्न कागजातहरु : 

 

प्रतिक्रिया दिनुहोस्