कानून बनाउँदा दूरगामी दृष्टि राख्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना



०३ भदौ २०७५, काठमाडौं

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानून बनाउँदा दूरगामी दृष्टि राख्नुपर्ने बताएका छन् ।

उनले शनिबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयन सम्बधी अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । कानून निर्माणको केही समयमा नै संशोधन गर्नुपर्ने अवस्था आउँदा कार्यकुशलता र सक्षमतामा प्रश्न उठेको बताएका छन् । कानून बनाएको केही समयमा नै संशोधन गर्नुपर्ने अवस्था आउनु लज्जास्पद कुरा भएको उनको तर्क रहेको थियो ।

‘संघीय संसदको पहिलो निर्वाचनबाट आएका सांसदले बनाएको कानुन ५० वर्ष ÷२० वर्ष परिवर्तन गर्नु नपर्ने बन्यो भन्ने दुरदृष्टिका साथ जान सकौं न । अहिले बनायो, दुई वर्षमा बनाउनुपर्यो भने त हामी सक्षम हौं कि कमजोर हौं भन्ने त्यहाँबाट पनि खुल्न आउँछ।’ उनले भने ।

साथै उनले विधि निर्माणको कामलाई छोडेर सांसदको ढोका चहार्ने प्रणालीको अन्त्य हुनुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्