०३ भदौ २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रतिबद्धता जनाएको संविधानप्रति मौसमी कुरा नगर्न प्रमुख प्रतिपक्ष दललाई आग्रह गरेका छन् । सबै मिलेर संविधान ल्याएको भन्दै उनले संविधान ल्याउने बेलामा हस्ताक्षर गरेको जिम्मेवार राजनीतिक दलले संविधान विरोधी भाषा बोल्न नैतिकताले नदिने बताएका छन् । उनले संविधानप्रति इमान्दारिता देखाउन प्रमुख प्रतिपक्ष दललाई आग्रह गरेका छन् ।
राष्ट्रिय सूचना आयेगले राष्ट्रिय सूचना दिवसको अवसरमा राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शक्तिको उन्माद स्वार्थको घेराभित्र रहेको संविधानको बर्खिलाप हुने गरि मौसमी कुरा नगर्न प्रमुख प्रतिपक्ष दललाई आग्रह गरेको हुन् । ओलीले संविधानमा सहमति जनाईसकेपछि अधिकार छ भन्दैमा, संख्या पुग्छ भन्दैमा सरकारको शक्तिको दुरुपयोग नगर्न सुझाव दिए ।
उनले अहिलेको सरकारले उत्तेजना, आवेग तथा शक्तिको दुरुपयोग हुने गरि काम नगर्ने पनि स्पष्ट पारेका छन् । उनले प्रमुख प्रतिपक्ष दलले सरकारका हरेक निर्णयलाई जबरजस्ती राजनीतिकरण गर्ने गरेको आरोप लगाएका छन् । साथै उनले राज्यका निकायहरुमा राजनीतिक विचारका आधारमा नभई विषयगत विज्ञताका आधारमा नियुत्ति हुने बताएका छन् । उनले संविधानमा नै सूचनाको हक सरकारमा भए दिने र नभए लिने भनेर लेखेकाले त्यसमा हस्ताक्षर गरेका सूचनाको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उनले संविधानलाई सबैले पालना गनुपर्ने तिर पनि ध्यानाकर्षण गराए । साथै उनले राष्ट्रिय आवश्यक्ता बोधबाट मात्र संविधान संशोधन हुने पनि स्पष्ट पारेका छन् । सानो–तिनो विषयलाई सम्बोधन गर्ने नाममा संविधान जस्तो विषयलाई हेलचेक्याँई गर्न नहुने कुरामा पनि उनले जोड दिएका छन् । एक वर्ष अगाडि बनेको कानून कार्यान्वयनको समयामा चौतर्फी प्रहार भएको भन्दै उनले दुख ब्यक्त गरेका छन् ।