०४ भदौ २०७५, काठमाडौं
आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मटितेलमा २ रुपैयाँ बढाएको छ ।
हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ ।
नयाँ मुल्यअनुसार काठमाडौंमा उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटितेलको मुल्य ९५ रुपैयाँ तिर्नुपर्नेछ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।