नेपाली समाजमा सनातन संस्कृति मानवीय जीवनको अभिन्न अंग थियो । जहाँ धेरै दानगर्नु जीवनको मुख्य उद्देश्य हुन्थ्यो ।
०४ भदौ २०७५, काठमाडौं
वैदिक तथा वौद्ध संस्कृतिको जगमा विकसित सभ्यता नै सभ्यताले भरिएको देश हो–नेपाल । आधुनिक दृष्टिले हेर्दा नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय नेपालीहरुको साझा फूलबारी हो । आध्यात्मिक दृष्टिले हेर्दा नेपाल देवभूमि, बुद्धभूमि, पाशुपत वा शिव सभ्यताले भरिएको बहुधार्मिक भूमि हो ।
प्राकृतिक दृष्टिले हेर्दा अग्लाअग्ला हिमश्रृंखला, मौसमी विविधता तथा अनेकौँ प्रजातिका जनावर र चराचुरुंगीले भरिएको अनुपम उपहार हो–नेपाल ।
समयको विकासक्रमसँगै जजमानी गर्ने ब्राम्हणहरु र मन्दिरका पुजारीको ध्यान पाठपूजा वा धार्मिक कर्मकाण्ड भन्दा धनसम्पति र यौनिकतामा तिर केन्द्रित हुन थाल्यो । जब धर्म वा धार्मिक कामहरु अर्थ संकलनका माध्यम बन्न थाले त्यसपछि राष्ट्रदेव पशुपतिनाथको प्राङ्गणमा समेत चन्दन भन्दै चन्दनको सानो टुक्रामा पकाईएका हजारौँटुक्रा अम्बा र अमलाका काठहरु खुलेआम विक्रिवितरण गर्न थालियो ।
कस्तुरीको खोजीमा भौतारिने मृग जस्तै विज्ञान, प्रविधि वा आधुनिकताको नाममा नेपाली शासक तथा नीति निर्माताहरुले हजारौँ वर्षको प्रयोगमा विकसित वेद, उपनिषद जस्ता वैज्ञानिक ग्रन्थहरु र संस्कृत जस्तो संसारकै उन्नत भाषालाई रुढिवादीको कोटिमा पुर्याए । यसमा धार्मिक प्रचारक वा ब्राम्हणहरुले सल्लाहकारको भूमिका निर्वाह गर्दै वेदको भावलाई अपव्याख्या गराई जन्मको आधारमा जातीय विभाजनको विषवृक्ष रोपाए ।
परिणाम स्वरूप पैसा, सुरासुन्दरी, सोमरस र भाङ्ग धतुरोमा लठ्ठीदै कुकर्म गर्नेहरु समेत जन्मको आधारमै बाँचुन्जेल ब्राम्हण भैरहने र तल्लो जातको रुपमा व्याख्या गरिएकाहरु जन्मकै आधारमा जतिसुकै विद्वान, विज्ञ, ज्ञानी भई सात्विक खानपान र जीवनशैली अपनाउँदा पनि बाचुञ्जेल ब्रम्हाण हुँदै नहुने । अझ प्रष्ट भाषामा भन्दा ब्रह्म र ब्रम्हाण्डको सामान्य ज्ञान समेत नभएकाहरु जन्मको आधारमै ब्राम्हण भै रहने र ब्रह्म र ब्रम्हाण्डको बारेमा बुझ्नेहरू बाँचुन्जेल ब्राम्हण नहुने कारणले सिंगो सनातन संस्कृति र सभ्यता नै प्रदुषित बनेको देखिन्छ ।
कमाईको दशाम्स दिने परम्पराले प्रत्येक व्यक्तिले कमाईको दश प्रतिशत दानको लागि छुट्याउने गरिन्थ्यो । अझ पूर्वीय सभ्यताको लोकप्रिय ग्रन्थ गीतामा “कर्म गर, फलको आशा नगर” भनी दान दिँदा समेत फलको आशा नगर्नु भनी स्वार्थ रहित दानलाई प्रोत्साहन गरेको देखिन्छ ।
समयको विकासक्रमसँगै जजमानी गर्ने ब्राम्हणहरु र मन्दिरका पुजारीको ध्यान पाठपूजा वा धार्मिक कर्मकाण्ड भन्दा धनसम्पति र यौनिकतामा तिर केन्द्रित हुन थाल्यो । जब धर्म वा धार्मिक कामहरु अर्थ संकलनका माध्यम बन्न थाले त्यसपछि राष्ट्रदेव पशुपतिनाथको प्राङ्गणमा समेत चन्दन भन्दै चन्दनको सानो टुक्रामा पकाईएका हजारौँटुक्रा अम्बा र अमलाका काठहरु खुलेआम विक्रिवितरण गर्न थालियो । ब्राम्हण कर्म गर्नेहरु पूजापाठलाई माध्याम बनाएर ठेक्कापट्टा, घरजग्गा दलाली गर्न लागेपछि संसारलाई नै सुमार्गमा हिडाउने हाम्रो संस्कृति र सभ्यता कुरीतिमा परिणत भएका छन् ।
नेपाली समाजमा सनातन संस्कृति मानवीय जीवनको अभिन्न अंग थियो । जहाँ धेरै दानगर्नु जीवनको मुख्य उद्देश्य हुन्थ्यो । अमेरिका जस्ता देशहरु अस्तित्वमा नहुँदै मुट्ठीदान, भूमिदान, गाईदान लगायत धार्मिक कार्यहरुमा पन्चकन्या, गरिब, दुःखी वा ब्रम्हाणहरुलाई दान दिने परम्परा नेपालीको जीवन पद्धति थियो । कमाईको दशाम्स दिने परम्पराले प्रत्येक व्यक्तिले कमाईको दश प्रतिशत दानको लागि छुट्याउने गरिन्थ्यो । अझ पूर्वीय सभ्यताको लोकप्रिय ग्रन्थ गीतामा “कर्म गर, फलको आशा नगर” भनी दान दिँदा समेत फलको आशा नगर्नु भनी स्वार्थ रहित दानलाई प्रोत्साहन गरेको देखिन्छ ।
यसर्थ हाम्रा पुर्खाले आफूलाई निडर, बहादुरी मात्र हैन दानवीर बनाएर पनि दुनियाँलाई चकित बनाएका थिए । हाम्रो सभ्यता र संस्कृतिका हजारौँ वर्षहरु अरुलाई दिएर नै विकसित भएको छ । हजारौँ वर्षको प्रयोग र परीक्षणबाट बनेका वेद, उपनिषद जस्ता धर्म ग्रन्थ र परोपकारी जीवनशैलीको समाप्ति कथित ब्राम्हणहरुले नै गरेको देखिन्छ ।