इन्टरनेट विवाद सुल्झाउन चीनमा अदालत गठन



०४ भदौ २०७५, काठमाडौं

चीनमा इन्टरनेट विवादहरु सुल्झाउनुका लागि इन्टरनेट अदालत गठन भएको छ ।

सरकारी समाचार संस्था सिन्ह्वाका रिपोर्टअनुसार बेईजिङमा गठन हुने अदालतका लागि आईतबार बेईजिङ महानगरपालिकाको जन महाअधिवेशनको १५ औं स्थायी समितिको सत्रमा मुख्य न्यायधीस र अरु न्यायधीसहरुको नियुत्ति गरिएको छ । यस सत्रमा झाङ वेनलाई मुख्य न्यायधीस र अरु ४० जना न्यायधीसहरु नियुत्ति भएका हुन् ।

बेईजिङपछि झाङवाङ प्रान्तमा पनि इन्टरनेटको अदालत गठन गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्