आज अपराह्न नेकपा सचिवालयको बैठक बस्दै



०४ भदौ २०७५, काठमाडौं

सत्तारुढ दल नेकपा केद्रिय सचिवालयको बैठक आज अपराह्न साँझ बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा मोर्चा र जनबर्गीय संगठनहरुको एकताका विषयमा छलफल हुने बताईएको छ । नेकपाले सबै सहमतिको एकता भदौ ५ भित्रै टुङ्ग्याउने निर्णय यसअघि नै गरिसकेको छ ।

एकताको मिती घर्किनै लाग्दा बैठक बोलाईएको हो ।

प्रतिक्रिया दिनुहोस्