०५ भदौ २०७५, काठमाडौं
संवैधानिक परिषद्ले ८ वटा निकायमा अध्यक्ष तथा सदस्यहरुलाई खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भएको छ ।
जसमा अध्यक्ष र सदस्य गरि ४० जना कर्मचारी आवश्यक रहेका जनाईएको छ । संवैधानिक निकायको सचिवालयले विज्ञापन जारी गरि अध्यक्ष तथा सदस्यहरुलाई नियुक्ति गर्न लागिएको जनाईएको छ । राष्ट्रिय प्राकृतिक तथा वित्त श्रोत, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोगको अध्यक्ष तथा सदस्यका लागि विज्ञापन गरिएको हो । त्यस्तै आदिवासि जनजाति आयोग, मधेशी आयोग, थारु आयोग तथा मुस्लिम आयोगमा पनि चार–चार जना सदस्यको पद रित्त रहेको छ ।
योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । साथै दरखास्त अनलाइनबाट भर्नुपर्ने जनाईएको छ ।