०६ भदौ २०७५, काठकाडौं
इंडोनेशियाको जकार्तामा जारी अठारौँ एशियाली खेलकुदको पाँचौ दिन नेपालले पुरुष भलिबलमा पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दैछ।
समुह डी मा नेपालसँगै दक्षिण कोरिया र चाईनिज ताइपेइ रहेका छन् । नेपालले दोस्रो खेल दक्षिण कोरियासँग ८ भदौमा खेल्ने जाकार्तामा रहेका प्रशिक्षक जगदिसप्रसाद भट्टले जानकारी दिए । एसियाली खेलकुदमा भलिबल तर्फ २० राष्ट्र सहभागी छन् । नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि सहभागी जनाएको हो । नेपाल भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ मा दक्षिण कोरियामा आयोजित खेलमा सहभागी भएको थियो।
नेपाली टोलीमा क्याप्टेन इमनबहादुर मगर सहित अन्य खेलाडीहरु हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज गिरी, राज शेरचन, धनबहादुर भट्ट, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरवबहादुर बम र विशालबहादुर विक रहेका छन् ।