०६ भदौ २०७५, काठमाडौं
एसिया कप छनौटको तयारी गर्न श्रीलंका पुगेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्टस् क्ल्बलाई १९५ रनको लक्ष्य दिएको छ । श्रीलंकाको घरेलु मैदान पानागोडामा जारी खेलमा घरेलु टोली लाई जितको लागि १९५ रनको लक्ष्य दिएको हो । नेपालले जितका लाागि दिएको १९५ रनसहित श्रीलंकाले केहि बेरमा ब्याटिङ गर्ने छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले ४८ ओभर ४ बलमा अलआउट हुँदै १९५ रन बनाउन सफल भयो ।
श्रीलंकाको फस्ट क्लास क्लब आर्मीविरद्ध नेपाली टिमका आरिफले अर्धशतकीय इनिङ खेले ।
खेलमा आरिफले ११८ बल खेल्दै ८९ रनको योगदान दिए । नेपालको सम्मानजनक स्कोरमा उनले ८३ बल खेल्दै अर्धशतक पुरा गरेका थिए । नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा बसन्त रेग्मी र विनोद भण्डारीले १६, १६ रन जोडे । त्यस्तै रोहित कुमार पौडेल १२ रनमा आउट भए । श्रीलंका आर्मीका मधुसन फर्नान्डोले ३ तथा सन्जिउ कुमारास्वामी र जगत राजपाक्षले सम्मान २,२ विकेट लिए ।
मलेसियामा अगष्ट अन्तिम सातामा हुने एसिया कप अघि एक सातको प्रशिक्षण गर्न नेपाली टोली श्रीलंका पुगेको हो । यसपछि नेपाली टोलीले अगष्ट २४ मा ब्लुफिल्ड क्ल्बसँग र तेस्रो तथा अन्तिम अभ्यास खेल कोल्टससँग उसैको मैदानमा खेल्ने भएको छ । तीन अभ्यास खेलपछि नेपाली टोली श्रीलंकाबाटै मलेसिया प्रस्तान गर्ने छ ।
तीन अभ्यास खेलपछि नेपाली टोली श्रीलंकाबाटै मलेसिया प्रस्तान गर्ने छ ।