०७ भदौ २०७५, काठमाडौं
इंडोनेशियामा भईरहेको १८ औं एसियाडमा तेक्वान्दोतर्फ नेपालको चुनौती समाप्त भएको छ । पदक जित्ने खेलको रुपमा हेरिए पनि कुनै पनि नेपाली खेलाडी पदक नजिक पुग्न सकेनन् ।
नेपालका दुई खेलाडी बिहिबार पराजित भएका हुन् । पुरुष ६८ केजी मुनीको तौल समुहमा नेपालका ज्ञानेन्द्र हमालले भुटानका जक्मे वाङचुकलाई ३९–१७ ले हराएपछि अन्तिम १६ मा भने मलेसियाका रोजाईमी रोजाईलीसँग ३०– २ ले उनले हार व्यहोर्नु पर्यो ।
त्यस्तै महिला ४९ केजीमुनी नेपालका अस्मिता खड्गा नयीद कायानीचान्डहसँग ४३–१५ को फराकिलो अन्तरले पराजित भईन् ।