ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष मरिनलाई जेल सजाय



०७ भदौ २०७५, काठमाडौं

ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष जोस मारिया मरिनलाई चार वर्षको जेल सजाय सुनाईएको छ ।

दुई सय मिलियन भ्रष्टाचार गरेको आरोपमा उनलाई अमेरिकी अदालतले चार वर्षको जेल सजाय सुनाएको हो । विश्व फुटबल निकाय फिफामा भएको भ्रष्टाचारमा मरिनको संलग्नता रहेको भन्दै उनलाई चार वर्षको जेल सजाय सुनाईएको हो । ६८ वर्षे मरिनको फिफामा भएको बिलियन डलरको भ्रष्टाचारमा संलग्नता रहेको बताईएको छ ।

चार वर्ष जेल सजायका साथमा उनलाई १.२ मिलियन डलर जरिवाना पनि गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्