७ भदौ २०७५, विर्तामोड
अर्जुनधारामा पहिलो पटक न्यू डिजाइनर सटिङ सुटिङ एण्ड टेलरिङ सेन्टरको सुरुवात गरिएको छ ।
विर्तामोड–५ निवासी ठूलोराम सुन्दासको एकल लगानीमा सञ्चालन गरिएको उक्त सेन्टरको
विहीबार कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका हुन् ।
स्थानीय ग्राहकको सुविधालाई ध्यानमा राखी टाढा जानुपर्ने झन्जटबाट मुक्त गराउने र ग्राहकलाई सुपथ र उचित मूल्यमा कपडा उपलब्ध गराउने उदेश्यले न्यू डिजाइनर सटिङ सुटिङ एण्ड टेलरिङ सेन्टरको स्थापना गरिएको प्रोपाइटर सुन्दासले बताए ।
त्यसैगरी प्रमुख अतिथि रानाले सफलताको सुभकामना दिँदै लगानीकर्ताहरुलाई नगरपालिकामा स्वागत गरिने बताएका छन् ।
वडा न.८ का वडाध्यक्ष गोपीचन्द्र गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस क्लब अध्यक्षय कुमार भट्टराई, गजेन्द्र खनाल लगायत स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो । आजको दिनमा लगभग १० हजारको व्यापार भएको जनाइएको छ ।