८ भदौ २०७५, काठमाडौं
गजल
पित्तल पनि सुन जस्तै टल्केर पो बर्वाद भए
आँखाभरि उसको तस्विर झल्केर पो बर्वाद भए
कति गरे सम्हाल्नलाई उर्लिएर आको बैंस
बैंसपनि पानी जस्तै छल्केर पो बर्वाद भए
घरमा सँधै कुरा हुन्छ हाम्रो प्रेम छुटाउन
लुकीलुकी उसलाई भेट्न पल्केर पो बर्वाद भए
भन्छन गाँउमा छोरी मान्छे एक्लै हिड्नु हुन्न
आगो जस्तै उसैसँग सल्केर पो बर्वाद भए
कमला कोइराला “कान्छी”
अर्घाखाँची
हाल, काठमाडौं