सावधान ! नेपालमा ज्यान लिने प्लास्टिक चामलको बिगबिगी



नेपालमा अहिले नक्कली दुधदेखि लिएर मिसावट गरिएको तेल बजारमा सजिलै बिक्रि भई रहेका छन् भन्ने समाचारहरु आईरहेका छन् । तर अब त चामल पनि नक्कली निस्कीएको छ रे । हो, देशको धेरै स्थानमा प्लास्टिकको चामल धमाधम बिक्रि भईरहेको खबर आईरहेका छन् । उपत्यका भित्र पनि कैयांै पसलहरुमा प्लास्टिकको चामल बिक्रि भईरहेका छन् । आत्तिहाल्नु पर्ने अवस्था छैन किनकी हामीले यी पाँच तरिकाबाट सजिलै प्लास्टिकको चामल छुट्टाउन सक्छौं ।

पानीमा परिक्षणः
पहिले एक चम्चा चामललाई एक गिलास पानीमा राख्ने । केहि बेर हातले राम्रोसँग चलाई राख्ने । त्यसपछि पनि यदि चामल पानीको सतहमा तैरिन्छ भने त्यो नक्कली चामल हो भनेर बुझ्नुपर्छ । सक्कली चामल भिजे पछि तैरिदैन ।

तातो तेलमा परिक्षणः
कराईमा तेललाई बेस्सरी तताउनु । त्यसपछि एक मुठी चामल त्यसमा राख्नु । यदी चामल नक्कली हो भने पग्लीएर एकआपसमा टासिँन थाल्छ ।

अग्नी परिक्षणः
थोरै चामल एउटा कागजमा राखेर जलाउनु । यदी त्यसबाट प्लास्टीक जले जस्तो गन्हाँउन थाल्यो भने बुझ्नु की चामल नक्कली हो भनेर ।

उमालेर परिक्षणः
थोरै चामललाई ठुलो भाडामा राखेर उमाल्नु । उमालेपछि यदि भाडाको सतहमा मोटो चिल्लो तह जम्मा भयो भने बुझ्नुपर्छ की चामल नक्कली हो भनेर ।

ढुसी परीण्क्षणः
चामललाई उमालेर पनि छुट्टाउन गाह्रो परेम, एउटा बोटलमा बन्द गरेर राखौं । तीन दिन जति यतिकै छोडौं । यदि चामलमा ढुसी लागेको छ भने त्यो असली हो नत्र बुझौंकी प्लास्टीकको चामल हो भनेर ।

प्रतिक्रिया दिनुहोस्