१० भदौ २०७५, काठमाडौं
मलेसियामा आगामी २३ भदौबाट सुरु हुने एसिया कप छनौटका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले आज अन्तिम तथा तेस्रो अभ्यास खेल कोल्ट्ससँग खेलेका छ । खेलमा नेपाली क्रिकेट टोलीलाई कोल्ट्स क्लबले ११७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोल्ट्स क्लबले निर्धारित ५० ओभर खेलमा १ बल बाँकी छँदै सबै विकेट गुमाउदै ११६ रन बनाएको थियो । क्लबका लागि हसनले सर्वाधिक ६७ बल खेल्दै ५९ रन बनाएका थिए । यस्तै आयनाले ३६ तथा विश्ले ३६ रन बनाएका थिए ।
नेपालका लागि सोमपाल कामीले ३ तथा करन केसी र सागर पुनले २, २ विकेट लिए भने ललित राजबंशीले १ विकेट लिए । कोल्ट्स क्रिकेट क्लबमा भइरहेको खेलमा अब केही बेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । ३ वटा अभ्यास खेल्न श्रीलंका गएको नेपाली टोलीले बुधबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो । यस्तै शुक्रवार सम्पन्न दोस्रो अभ्यास खेलमा नेपालले ब्लुमफिल्ड क्लबलाई १७६ रन लक्ष्य दिएको थियो ।
नेपाली टिम भोली मलेसिया प्रस्थान गर्नेछ । एसिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग भदौ १३ गते खेल्नेछ। हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने मंगलबार मलेसिया पुग्नेछन्।