१० भदौ २०७५, काठमाडौं
ओलम्पिक खेल खेल्ने महिला राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको छ । सन् २०२० मा जापानमा हुने महिला राष्ट्रिय टिमको प्रशिक्षण आजबाट सुरु भएको हो । अखिल नेपाल फुटबल संघ एन्फाले खेलमा ४७ महिला खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराएको छ । महिला लिग र मोफसलको प्रतियोगिताका गरेको प्रदर्शनका आधारमा एन्फाले महिला खेलाडीको प्रशिक्षण सातदोबाटोस्थित एन्फा टेक्निकल कम्प्लेक्समा सुरु गरेको हो । महिला खेलाडीहरुको मुख्य प्रशिक्षकका रुपमा हरि खड्गा रहेका छन् ।
ओलम्पिक छनौटअन्तर्गत नेपाली टिम समुह सि मा रहेको छ । नेपालसँग बंगालदेश तथा म्यानमारले प्रतिस्पर्धा गर्ने छन् ।
विभागीय खेलाडीका बर्चस्व रहेको प्रशिक्षणमा एपीएफबाट १९ नेपाल आर्मीबाट १३ र पुलीसबाट ११ जना रहेका छन् । साथै रौतहटबाट ३ र अन्यमा २ खेलाडी रहेका छन् ।
प्रशिक्षणका लागि बोलाईएको खेलाडीहरुमा उषा नाथ, धिमकुमारी गुरुङ, अमृता जैशी, निरु थापा, सिर्जना खड्गा, निर्मला विके, मेनुका गिरी, दिपा न्यौपाने, रुपा मगर, मञ्जु गुरुङ, एन्जिला सुब्वा, हिराकुमारी भुजेल, गिता राणा, मनमाया लिम्बु, रन्जना दर्जी, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, मञ्जली कुमारी योञ्जन र सावित्रा भण्डारी रहेका छन् । यस्तै अजिता केसी,अनु लामा, कृष्णा खत्री, रुपा राणा मगर, निशा थोकर, रेखा पौडेल, तारा थिङ, सिर्जना चेमजोङ, मञ्जु दोङ, अन्जना राणा मगर, पुनम जर्घा मगर, सुनिता चौधरी, कविता धिमाल, बिमला विके, इन्दिरा राई, पुजा राणा, विमला चौधरी र सर्मिला थापा रहेका छन् । यसैगरि दिपा राई, लिला लाम्गाडे, लक्ष्मी नेपाल, सपना लामा, समिक्षा घिमिरे, बसन्ती नाथ, रश्मी कुमारी घिसिङ, दिपा अधिकारी र शसिकला तामाङलाई समेत प्रशिक्षणमा सहभागी गराईएको छ ।
प्रशिक्षणबाट छनौट गरेर एन्फाले राष्ट्रिय टिम बनाउने छ । ओलम्पिक छनौट अगाडि नेपाली महिला टिमले चीन र हङकङमा समेत अभ्यास खेल खेल्ने एन्फाले जनाएको छ ।