११ भदौ २०७५, काठमाडौं
विशेष प्रशिक्षणको लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोली आज (सोमबार) मलेशिया प्रस्थान गर्दै छ ।
बुधबारबाट हुने एसिया कप छनौटको लागि नेपाली टोली श्रीलंकाबाटै मलेशिया प्रस्थान गर्न लागेको हो । साथै क्यारेवियन लिगमा व्यस्त नेपाली क्रिक्रेटको खेलाडी सन्दीप लामिछाने भने मंगलबार मलेशिया पुग्ने बताईएको छ । एसिया कप छनौटका लागि श्रीलंका पुगेको नेपाली टोलीले श्रीलंका आर्मी क्लब, ब्लुमफिल्ड र कोल्ट्स क्ल्बसँग गरि तिन अभ्यास खेल खेलेको थियो ।
एसिया कप छनौटका लागि मलेशियामा आयोजक मलेशिया, ओमन, युएई, सिंगापुर र कङकङबिच प्रतिस्पर्धा हुने बताईएको छ । राउण्ड रोबिनको आधारमा हुने छनौटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनौटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् । छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह एमा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको बताईएको छ ।