ड्याफोडिल स्कूलले ५ वर्षदेखि कर नतिरको वडा कार्यालयबाट प्रमाणित



१२ भदौ २०७५, काठमाडौं

परिवर्तन खबरले गत शुक्रवार प्रकाशित गरेको स्थानीय सरकारलाई चुनौती दिदै ड्याफोडिल स्कूल को समाचारमा वडा कार्यालयबाट प्राप्त अप्रमाणित सूचनाको आधारमा समाचार प्रकाशन गरेको थियो ।

समाचार प्रकाशनको तीन दिनपछि सोमबार साँझ विद्यालयबाट असत्य समाचार प्रकाशन गरेको भनी विद्यालय प्रशासनले स्थानीय सरकारलाई कुनै पनि कर तिर्न बाँकी नरहेको दावी गरी विद्यालयको छविमा आँच पुर्याएको भन्दै अव आईन्दा विद्यालयसँग बुझेर मात्र समाचार प्रकाशन गर्न चेतावनी दिएका थिए ।

आफ्नो विद्यालय अन्तर्राष्ट्रिय स्तरको भएको र नेपाल सरकारको मातहतमै रहेर सवै कानुनी प्रक्रिया पुरा गरी स्कूल संचालनमा रहेको बताउँदै गलत समाचार प्रकाशन गरे तीन वर्षको जेल सजाय सम्म गराउने सक्ने भनी पत्रिकाका सम्पादकलाई धम्कीपूर्ण भाषा प्रयोग गरियो ।

सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्ने पत्रकारिताको मूल धर्मलाई पालना गर्दै आएको परिवर्तन खबरले आज विहान वडा कार्यालयबाट प्रमाणित पत्र प्राप्त गरेको छ । जसमा विद्यालयका संचालक उत्तम कुमार लामाको नाममा रहेको ५ तले पक्की भवन र जग्गा सहितको आर्थिक वर्ष २०७१/७२ देखि चालु आ.व. सम्मको सम्पत्ति कर बापतको रु.७,७६,४७६.९८।–(सात लाख अठहत्तर हजार चार सय छयत्तर) बुझाउन बाँकी रहेको विवरण उल्लेख छ ।

सम्पत्ति कर समेत नतिरेको ड्याफोडिल स्कूलले विद्यार्थीसँग मनोमानी ढंगले उठाउने शुल्क बारे सम्बन्धित निकायले ध्यान दिनु अत्यावश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्