१५ भदौ २०७५, काठमाडौँ
नेपाल नगरपालिका संघको छैठौँ राष्ट्रिय अधिवेशन (भदौ १२–१४ काठमाडौँ )बाट निर्वाचित पदाधिकारीहरुलाई परिवर्तन खबरका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले रुद्राक्षको माला लगाई बधाई दिएका छन् ।
छोटो समयमा तोकिएको अधिवेशन र आयोजक कमिटिको अति हेलचेक्राईले देशभरिका स्थानीय सरकार प्रमुख र उप–प्रमुखहरुको करिब २ दशकपछि भएको राष्ट्रिय अधिवेशनले सञ्चार क्षेत्रलाई खासै छोएन ।
कतिसम्म भने आयोजकले सञ्चार माध्यामहरुलाई इमेल पठाएर निमन्त्रणा दिन समेत जरुरी ठानेनन् । त्यसको परिणाम स्वरुप केहि सरकारी सञ्चार माध्याम र एउटा निजी टेलिभिजन भन्दा अरु सञ्चार माध्यामहरुले राष्ट्रिय महत्व बोकेको अधिवेशनलाई महत्व नै दिएनन् ।
देशभरिका स्थानीय नगर सरकार प्रमुख र उप–प्रमुखबाट निर्वाचित राष्ट्रिय कार्यसमितिलाई समेत मुख्य अनलाईन र पत्रपत्रिकाहरुले स्थान नै दिएनन् । कतिपय आयोजकहरु सोहि समयमा आयोजित विमस्केट सम्मेलनको प्रभावले राष्ट्रिय मिडियाहरुले प्राथमिकता नदिएको धारणा राखेर लाज छोप्दै थिए । तर वास्तविकता भने आयोजकले सञ्चार क्षेत्रलाई गरेको चरम बेवास्ता नै हो ।
नेपाल नगरपालिका संघले सञ्चार जगतलाई बेवास्ता गरेपनि सामाजिक रुपान्तरण र दिगो विकासलाई मुख्य उद्देश्य बनाएको परिवर्तन खबरले ६ सदस्यीय समूहलाई परिचालित गरी दोस्रो र तेस्रो दिन स्टलसमेत राखेर १०० भन्दा बढी नगर प्रमुख, उप–प्रमुखहरुसँग प्रत्यक्ष कुराकानी गरेको छ । अडियो र भिडियोमा गरेको अन्तर्वाताबाट देशभरि विकासको लहर सिर्जना भई आउँदा बर्षदेखि जनताले अनुभूत गर्ने गरी परिवर्तन आभास हुने बुझिएको छ ।
परिवर्तन खबरबाट लिईएका अन्तर्वाताहरु आगामी हप्तामा नियमित प्रकाशन गरिने छ ।