रोट्रयाक्ट क्लब अफ पशुपतिद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



१६ भदौ २०७५, काठमाडौं

रोट्रयाक्ट क्लब अफ पशुपतिको आयोजनामा निःशुल्क मधुमेह र ब्लड प्रेसर चेकजाँच शिविर सम्पन्न भएको छ ।

चारुमती धन्दो चैत्य परिसर चावहिलमा सम्पन्न शिविरमा ९७ जना स्थानीयले मधुमेह र ९० जनाले ब्लड प्रेसर सेवा लिएका थिए । शिविरको लागि नेपाल मधुमेह संघले प्रेसर र सुगर जाँच उपकरण उपलब्ध गराएको थियो भने सरोबर फार्मेसी चक्रपथले औषधी सहयोग गरेको आयोजकले जानकारी गराएका छन् ।

शिविरमा अधिकांश वृद्धवृद्धा र भिक्षुहरुले समेत सेवा लिएको जानकारी रोट्रयाक्ट क्लब अफ पशुपतिकी अध्यक्ष जेनी भट्टराईले परिवर्तन खबरलाई बताईन् ।

  

प्रतिक्रिया दिनुहोस्