एसिया कप खेल्ने नेपालकाे आशा कायमै, नेपालद्वारा मलेसिया १९ रनले पराजित



१६ भदौ २०७५, काठमाडौँ

एसिया कप क्रिकेटको छनौटको तेश्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । यस अघि दुई खेल हारेको नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरेको हो ।

१८९ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित ३० ओभरमा ९ विकेटको क्षेतिमा मात्रै १ सय ६९ रन बनाउन सक्यो । नेपाललाई सफलता दिलाउने क्रममा बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २÷२ विकेट लिए । यस्तै सागर पुन र दिपेन्द्रसिं ऐरीले समान एक विकेट हात पारे ।

नेपालले ३० ओभरमा ७ विकेटको क्षतिमा १८८ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाए । ऐरीले ५१ ब्लमा ५४ तथा शेखले ४८ बलमा नटआउट ६४ रन बनाए । पारस खड्काले १३, ज्ञानेन्द्र मल्लले ११, अनिल कुमार साहले १६, सुवास खकुरेलले ९ तथा बसन्त रेग्मीले ६ रन बनाए ।

सुरुका दुुई खेलमा पराजित भएको नेपालका लागि मलेसियासँगको खेल एसिया कप क्रिकेट खेल्ने आश जीवित राख्नका लागि महत्वपूर्ण छ । यो जीतसँगै युुएईमा हुने एसिया कप खेल्ने नेपालको आशा जीवितै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्