१९ भदौ २०७५, काठमाडौं
काठमाण्डौमा जन्मिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सुपरिचित नेपाली युवाले वैदिक संस्कृतिमा आधारित विवाह गर्दा कत्ति खर्च गर्लान? उत्तर सामान्य छ–कम्तिमा केही लाख ।
६५,००० विद्यार्थी पढाईरहेका बहुराष्ट्रिय विद्यालयका संस्थापकले विवाह गर्दा कत्ति खर्च गरे होलान ? उत्तर सहज छ–केही करोड ।
अपवाद ! काठमाण्डौमै जन्मिएर शहरिया जीवनशैली त्यागी आफ्नो जीवनको आधा समय लाखौँ निर्धन अभिभावकका भरोषा र आस्थापुञ्ज उत्तम संजेलले आफ्नै वास्तविक विवाह गरे–जम्मा नेपाली ३०० रुपैयाँमा ।
समता स्कूलका संस्थापक उत्तम सञ्जेलसँग गरिएको कुराकानीको भिडियो
मनोज गजुरेलकै भाषामा लेख्दा, “वर्षौं देखि एकनासे टिसर्ट, पाईन्ट र चप्पलमा देखिने सामान्य जीवनशैलीका असामान्य व्यक्तिले चाहेको भए, केही करोड उठाउन र खर्चिन खासै महाभारत थिएन !”
पाठकलाई लाग्न सक्छ, उनले पक्कैपनि कुनै डकुमेन्ट्री, टेलिफिल्म वा फिल्मको लागि बेहुलाको अभिनय गरे । होईन ! अविवाहित संजेलले काठमाण्डौ कै शिक्षित युवती कला अधिकारीलाई पशुपतिनाथ मन्दिर प्राङ्गणमा स्थापित गुहेश्वरी मन्दिरमा नेपालका १० प्रतिष्ठित व्यक्तित्वलाई साँची राखी वास्तविक विवाह नै गरे ।
हाम्रो टोलमा एक रुपैयाँ पनि खर्च नगरी भगाएर प्रेमविवाह गर्ने धेरै युवा जोडीहरु छन् भन्ने तर्क गर्नु पनि असामान्य होईन। तर व्यक्तिगत पहलमा नेपालका ७७ जिल्ला सहित भारत, बंगालादेश र श्रीलंकामा समेत सोही किसिमका विद्यालय संचालन गरी ६५,००० हजार विद्यार्थी पढाई रहेका अभियन्ता पनि हुन्–उनी ।
हजारौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय संचार माध्याममा समेटिएका संजेलले निम्त्याएका जन्तीमा धनी मात्र हैन मनकारी उपेन्द्र महत्तो पनि थिए, जसलाई अनुरोध गरेका भए काठमाण्डौको राम्रै होटलमा केही हजार जन्तीलाई खाना खुवाउँदा महतोले आमाको स्मृतिमा राम्रो काम भन्दै खुशी नै मान्थे होला ।
४ ओटा सिंगो मानव बस्ति नै बनाउन सक्ने अर्का अभियन्ता सिताराम कट्टेल देखि आफ्नो पीडा लुकाएर अरुलाई हसाउँने मनोज गजुरेल, मह जोडीले समेत उनको विवाहको लागि एक दिनको च्यारिटीमा आफ्नो समय खर्चिदा आनन्द नै मान्थे होला । जसबाट केही सय हजार उठाउन उनलाई गाह्रो पर्ने थिएन ।
मनोज गजुरेलकै भाषामा लेख्दा, “वर्षौं देखि एकनासे टिसर्ट, पाईन्ट र चप्पलमा देखिने सामान्य जीवनशैलीका असामान्य व्यक्तिले चाहेको भए, केही करोड उठाउन र खर्चिन खासै महाभारत थिएन !”
मनोज गजुरेलले फेरी गजुरियल पारामा दियो भन्ने लाग्छ भने अभिभावक लुटेरै अरवौंपति बनेका दर्जनौं विद्यालयका संस्थापकहरु सानदार जीवनशैलीमा काठमाण्डौ खाल्डो चिप्लिंदै गर्दा १९ वर्षदेखि मासिक १०० रुपैयाँमा लाखौँ विद्यार्थीको सुन्दर भविष्य निर्माणमा आफैलाई विर्सिएका संजेलले दशैँ खर्च वा कुनै शीर्षकमा मौखिक सूचना पठाएर १०० रुपैयाँ थपाउन कुनै अप्ठ्यारो थिएन, जसबाट उनले सजिलै ६५ लाख जम्मा गर्न सक्थे ।
आफ्नो जीवनको सिंगो युवावस्था लाखौँ निर्धन अभिभावकलाई सुम्पिएका रैथानेले काठमाण्डौ खाल्टो बाहिर कष्टकर जीवन भोगिरहेका आमाबुवाका पीडालाई बुझेरै गर्वसाथ सामान्य टिसर्ट, पाईन्ट र चप्पलमा आफूलाई बेहुलो बनाउँदा आत्मादेखि हर्षित भए ।
मान्छेले चाहेमा उसले देखेको सपना साकार हुन्छ भनी प्रमाणित गरेका उनले न आफ्नो विवाह खर्चले केही हजार निर्धनलाई धनी बनाउन सक्थे न केही हजार भोको पेटमा श्रम गरिरहेका श्रमिकलाई पेट भराउन सक्थे ।
मागेर नेपाली बाँसको टहरामा लाखौ विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उनलाई २०७२ मा महाभुकम्प नआएको भए सिर्जनशिलतामा रमाउने शहरीया तन्नेरीले पानी भरिएका खाल्टामा कागजका डुङ्गामाथि बाँसघरको टुप्पोमा संजेल दम्पतिको फोटो बनाएर सयौँ डुङ्गाहरु बगेका तस्वीरले सामाजिक संजाल पक्कै रंग्याउने थिए ।
नेपालका कुना कन्दरा र निर्धन गाउँ बस्तीका लाखौँ बालबालिकालाई उज्वल भविष्य दिएका उनले आफ्नो विवाह खर्चमा त्यो भन्दा पुण्यकाम अरु के नै गर्न सक्थे र ? भूगोल र रंगको कारण आफू हेपिएको ठान्ने तराईवासी नेपाली आमाबुवाका पीडालाई मलम लगाउने उनको कदम प्रशंसनीय मात्र हैन अनुकरणीय समेत छ ।
जुन देशका लाखौँ नागरिकहरु नयाँ र सफा लुगा लगाउन नपाउँदै जल्न बाध्य हुन्छन, त्यो देशको सफल सामाजिक अभियन्ताले नयाँ लुगा नलगाई सामान्य पहिरनमा गरेको विवाहलाई नौटंकी भन्नु अरु समाजसेवी मात्र होईन हाम्रो वैदिक सभ्यता र नेपाली संस्कृतिको समेत अपमान हो ।
सामाजिक रुपान्तरणको लागि एक दिनको होईन, एकछिनको समय र एक रुपैयाँ समेत दान दिन नचाहने विश्वविद्यालयका प्रमाणपत्रधारी बौद्धिकहरु समेत संजेलको विवाहलाई नौटंकी भन्दै फेसबुकका भित्ताहरु रंग्याउन थालिसके ।
विहान ब्युझिएर राती निदाउन केही सेकेन्ड बाँकी हुँदा ओछ्यानमा समेत अरुलाई नराम्रो भन्दै र सोच्दै निदाउने हामी आम नेपालीले उनलाई प्रसंशा गर्न कुन संस्कारले दिन्छ र ? झन उनले त अर्काले बनाएको मण्डप सित्तैमा प्रयोग गरी रुढिवादी वैदिक संस्कार पनि अपनाएका छन् ।
मागेर नेपाली बाँसको टहरामा लाखौ विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उनलाई २०७२ मा महाभुकम्प नआएको भए सिर्जनशिलतामा रमाउने शहरीया तन्नेरीले पानी भरिएका खाल्टामा कागजका डुङ्गामाथि बाँसघरको टुप्पोमा संजेल दम्पतिको फोटो बनाएर सयौँ डुङ्गाहरु बगेका तस्वीरले सामाजिक संजाल पक्कै रंग्याउने थिए ।
छोरी जन्मिएपछि रातदिन रुन बाध्य विशेषगरी तराईवासी आमाबुवाहरु, छोरी जन्माएकै कारण दैनिक घरेलु हिंसा सहन बाध्य लाखौँ नेपाली आमाका आँशु रोक्न, उनले स्थापना गरेका विद्यालयमा पढेका १० प्रतिशत विद्यार्थीले मात्र उनलाई पछ्याए भनेपनि ५००० आमाबुवालाई खुशी दिने संजेलसपना पुरा हुन पक्कै पनि १ दशक कुर्नु पर्दैन ।
डलरकै भरमा करोडौँका दाईजो विरोधी अभियान संचालन गरी समाजसेवीको दर्जा पाएका नागरिक अभियन्ता मात्र हैन, जनवादी र प्रगतिशील विवाहको वकालत गर्ने सामाजिक वकिलहरू समेत आफ्नो सामाजिक संजालमा चप्पले दुलाहाको विवाहलाई २ शब्द लेखी पोष्टयाउँन जरुरी ठान्दैनन् भने डाक्टरको लापर्वाहीमा विरामी मर्दा सजाय दिने कानुनको विरुद्दमा माईतीघर मण्डला घेर्ने कालो झण्डावाला सेता कपडाधारी देखि शिक्षाको व्यापारमा विलासी जीवन विताउनेहरुले शत्रुको प्रशंसा कसरी गर्न सक्छन र ?
वैदिक संस्कृतिमा हुर्किएको शैक्षिक अभियन्ताले राष्ट्रदेव पशुपतिनाथको परिसरमा १० जना सम्मानित नेपालीलाई साँची राखी एक रुपैयाँ नगद र कुनै उपहार नलिई राजीखुशीमा विवाह गर्नु नौटंकी हो भने छोरी जन्माएकै कारण दैनिक हिंसा खेप्न बाध्य नेपाली आमाका आँशु पनि गोही आँशु नै हुन् त ?
नेपालमा आफ्नो भविष्य नदेखी सुटबुटमा सजिएर झकिझकाउँ मण्डप बनाई साँचिकै ब्राम्हण पढाएर प्रायोजित विवाह गरी विदेश पलायनको प्रमाण जुटाउन तयार पारिएको विवाह मण्डपलाई निःशुल्क उपयोग गरी खुशीसाथ वैदिक संस्कार अनुसार कला अधिकारीलाई सिन्दूर लगाईदिनु पनि संजेलको नाटक नै हो त ?
हुनतः दुधे छोरी आमाको जिम्मा दिई भूकम्पले खुला आकाश मुनि जीवन जिउन बाध्य निर्धन नेपालीका घरहरु बनाईदिने धुर्मुस सुन्तली जस्ता आफ्नै आँखाले देखिने हजारौं नेपालीका देवतालाई समेत भ्रष्ट देख्ने हामी नेपालीलाई चप्पले दुलाहाको प्रसंशा गर्न कुन संस्कारले दिन्छ र ?
छोरी जन्मिएपछि रातदिन रुन बाध्य विशेषगरी तराईवासी आमाबुवाहरु, छोरी जन्माएकै कारण दैनिक घरेलु हिंसा सहन बाध्य लाखौँ नेपाली आमाका आँशु रोक्न, उनले स्थापना गरेका विद्यालयमा पढेका १० प्रतिशत विद्यार्थीले मात्र उनलाई पछ्याए भनेपनि ५००० आमाबुवालाई खुशी दिने संजेलसपना पुरा हुन पक्कै पनि १ दशक कुर्नु पर्दैन ।
आफूले विवाह गरिसकेको हुनाले संजेल दम्पतिको अनुकरणीय अभियानलाई सफल बनाउन १ दशक सम्म हुने यस्तै प्रकृतिका हजारौँ विवाह बारेमा लेख्ने अवसर पाएमा म आफूलाई भाग्यमानी ठान्ने छु !
यो पनि पढ्नुहोस् ।