साफ च्याम्पियनसिप : भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैँ



२० भदौ २०७५, काठमाडौं

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलमा आज (बुधबार) एक खेल हुँदैछ । आज समूह बी मा रहेको साबिकको उपविजेता भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

ढाकास्थित बंगबन्धु रंगशालामा भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार बेलुका ०६ः४५ बजे सुरु हुने जनाईएको छ । दुवै टोली साफको १२ औं संस्करणको पहिलो खेलमा जित निकाल्ने लक्ष्यमा छन् । सात पटकको च्याम्पियन भारतले श्रीलंकाविरुद्ध यू–२३ टोली मैदान उतार्ने छ । भारतले साफ च्याम्पियनसिपको लागि यू–२३ टोली बंगलादेश पठाएको छ । भारतमा दुई वर्षअघि भएको ११ औं संस्करणमा भारत फाइनलमा अफगानिस्तानसंग पराजित भएको थियो ।

साफको लागि मुख्य प्रशिक्षक स्टेफेन कन्स्टेन्टाइनले घोषणा गरेको टोलीमा यू–२३ टोलीका सदस्यहरु रहेका छन् । भारतको टोली दिल्लीको बन्द प्रशिक्षण र अष्ट्रेलिया टुरपछि बंगलादेश आएको छ । भारतको यू–२३ टोलीले अष्ट्रेलियामा ३ खेलको अभ्यास खेल खेलेको थियो ।

यता, श्रीलंकाले भारतविरुद्ध सिनियर टोली नै मैदान उतार्ने छन् । साफमा भारत र श्रीलंकाबीच हालसम्म ३५ खेल भएका छन् । जसमा भारतले १३ खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस्