२० भदौ २०७५, काठमाडौं
एभरेष्ट बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सम्झौता भएको छ ।
यससँगै एभरेष्ट बैंकले पठाएको पैसा सिटी एक्सप्रेस मनी ट्रान्सफरले र सिटी एक्सप्रेस मनी ट्रान्सफरले पठाएको पैसा एभरेष्ट बैंकले दिन सक्ने भएको छ ।
सम्झौता पत्रमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेलबीच हस्ताक्षर भएको छ ।