एसियाडको जितपछि पोखरामा स्वागत हुँदै प्याराग्लाइडिङ टोली



२० भदौ २०७५, काठमाडौं

१८ औं एसियाडमा भाग लिई जित हासिल गरेर आएका प्याराग्लाइडिङ टोलीलाई मंगलबार पोखरामा पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न संघसंस्थाले स्वागत तथा सम्मान गरेका छन् ।

उनीहरूलाई नेपाल हवाई खेलकुद संस्था, प्याराग्लाइडिङ पाइलट खेलकुद क्लब, नेपाल प्याराग्लाइडिङ एन्ड ग्लाइडिङ एसोसिएसन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, खेलकुद पत्रकार मञ्च तथा अन्य संघसंस्थाले सम्मान गरका हुन् ।

सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पहिलेभन्दा अहिलेको बजेटले खेलकुदलाई प्राथमिकतामा राखेको दाबी गरे । ‘अहिलेको बजेटले अन्तराष्ट्रिय खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई आजीवन मासिक ५ हजार र ओलम्पिकमा भाग लिने खेलाडीलाई आजीवन मासिक ३ हजार दिने व्यवस्था गरेको छ,’ उनले भने । ‘प्रत्येक खेलाडीको जीवन बिमा गर्ने सुविधा पनि अहिलेको बजेटले ल्याएको छ ।

एसियाडमा भाग लिएर आएको नेपाली टोलीलाई नगर परिक्रमापछि मदन भण्डारी स्पोर्टस् एकेडेमी र राष्ट्रिय खेलकुद परिषदका पूर्व–सदस्य राजेश गुरुङले प्रत्येक प्याराग्लाइडरलाई १० हजार रुपैयाँ तथा भूपू–खेलाडी मञ्च कास्कीले ५० हजार नगदले सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्