२१ भदौ २०७५, काठमाडौं
एसियाडमा नेपाललाई रजत पदक दिलाउन सफल ५ प्याराग्लाईडिङ खेलाडि तथा प्रशिक्षकलाई गण्डकी प्रदेश सरकारले विशेष सम्मान गर्ने भएको छ ।मन्त्रीपरिषद्को बुधबारको बैठकको निर्णयपछि नेपाललाई पदक दिलाउने ५ खेलाडिलाई १ लाख नगदसहित सम्मान गर्न लागेको हो ।
प्याराग्लाईडर विमल अधिकारी, सुशील गुरुङ, विशाल थापा, युकेश गुरुङ र विजय गौतम तथा प्रशिक्षकहरु योगेश भट्टाराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र व्यवस्थापक शैलेन्द्र राउतलाई प्रदेश सरकारले विशेष सम्मान गर्न लागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
आगामी दिनहरुमा थप हौसला होस् भनेर प्रोत्साहन स्वरुप सम्मान गर्न लागेको प्रवक्ता बस्नेतले बताए । हामीले सम्मानका लागि सामाजिक मन्त्रालयमार्फत आवश्यक कदम चालिरहेका छौँ, उनले भने ।