साफ च्याम्पियनसिप : कप्तान विराजसहित दुई खेलाडि चेन्ज



२१ भदौ २०७५, काठमाडौं

साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भुटानबिच हुने खेलमा नेपालले ३ जना खेलाडिहरु चेन्ज गरेको छ ।

भुटानविरुद्ध नेपालले खेल्ने आजको खेलमा किरणले कप्तानी गर्ने छन् । नेपालको कप्तान विराज महर्जन, नवयुग श्रेष्ठ र भरत खवास लगाएतका खेलाडिलाई चेन्ज गरिएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएकोे थियो । यो खेल जित्नै पर्ने दबाब रहेको नेपालले आफ्नो टिम मजबुद बनाउन खेलाडि चेन्ज गरेको जनाईएको छ । मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले नेपाली खेलाडिलाई ४–२–३–१ को ढाँचामा मैदानमा उतार्ने छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट सुरु हुने छ ।

नेपाली टिमको प्लेईङ ११ यसप्रकार रहेको छ ।
गोलकिपरः किरण चेमजोङ
डिफेन्डरः सुमन अर्याल, अनन्त तामाङ, आदिन्य चौधरी र दिनेश राजवँशी
मिडफिल्डरः रोहित चन्द, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल र अन्जन विष्ट
फरवार्डः विमल घर्तिमगर

प्रतिक्रिया दिनुहोस्