२१ भदौ २०७५, काठमाडौं
राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको निजी आभास निर्माणको जिम्मा स्थानीय तहलाई दिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा आज बसेको प्राधिकरण निर्देशक समितिको बैठकले सो निर्णय गरेका हो । बैठकले कामको प्रमाणीकरण तथा निरीक्षण भने प्राधिकरणकै जिल्ला तहका कार्यालयबाट गरिने निर्णय गरेको छ । स्थानीय तहको प्रतिनिधिको बहाली भईसकेको सन्दर्भमा पुनः निर्माणको कामलाई स्थानीय तहबाटै अघि बढाउने निर्णय भएको प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले जानकारी दिए ।
बैठकले भूमिहीन सुकुम्बासीहरुलाई पनि अनुदान स्वरुप आभास निर्माणको लागि केही रकम उपलब्ध गराउने विषयमा पनि निर्णय गरेको छ । उनीहरुलाई स्थानीय तहबाटै प्रमाणित गरेर निजी आभास निर्माणको लागि अनुदान उपलब्ध गराईने छ । जसका लागि जिल्ला समन्वय समितिबाट सिफारिस हुनुपर्दछ ।