ओम हस्पिटलको अध्यक्षमा वरिष्ठ चलचित्रकर्मी पौडेल



२२ भदौ २०७५, काठमाडौं

ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत रुपमा चयन भएका छन् । निवर्तमान अध्यक्ष डाक्टर भोला रिजालले नेतृत्व छाडेपछि पौडेल अध्यक्षमा चयन भएका हुन् ।

हस्पिटलको स्थापनका काल देखि नै सञ्चालक समितिमा रहँदै आएका पौडेल वरिष्ठ चलचित्रकर्मी, राजनीतिज्ञ तथा समाजसेवी हुन् । अध्यक्ष चयन भएपछि पौडेलले ओम हस्पिटललाई मुलुककै उत्कृष्ट हस्पिटल बनाउन प्रयत्न गर्ने बताएका छन् ।

पौडेलले विगतमा पनि कुशलतापूर्वक ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सञ्चालक समितिको अध्यक्षको कार्यभार सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्