साफ च्याम्पियनसिप : बंगलादेशविरुद्धको खेलअघि नेपाली टिमलाई आरामको मौका



२२ भदौ २०७५, काठमाडौं

साफ च्याम्पियनसिप अन्तर्गतको बंगलादेशविरुद्ध हुने खेल अगाडि नेपाली खेलाडिलाई आराम दिईएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले समुह चरणको अन्तिम खेलअघि नेपाली टिमका खेलाडिलाई आरामको मौका दिईएको बताएका छन् ।

नेपालले साफ च्याम्पियनसिपको महत्वपुर्ण खेल भोली (शनिबार) बंगलादेशसँग खेल्ने भएको छ । यससम्म आईपुग्दासम्म बंगलादेशको अंक ६ छ, भने नेपालको ३ अंक रहेको छ । बंगलादेशले पाकिस्तान र भुटानलाई हराउँदै आफुलाई बलियो प्रतिद्वंदी सावित गरिसकेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेशसँगको खेलअघि नेपाली खेलाडिले कुनै पनि खेल नखेल्ने प्रष्ट पारेको छ । तर शुक्रबार भने उनीहरुलाई रिकभरिका लागि समय दिईने छ ।

नेपालले समुह चरणको खेलमा हिजो बिहिबार भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्