२२ भदौ २०७५, काठमाडौं
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले बंगलादेशविरुद्धको खेल ‘कि गर कि मर’ जस्तै भएको बताएका छन् ।
उनले यो खेल खेलाडिको लागि मात्र नभएर सम्पुर्ण नेपालीका लागि महत्वपुर्ण भएका बताएका छन् । बंगलादेशविरुद्धको खेल हाम्रो लागि ‘कि गर कि मर’ जस्तै भएको छ, उनले भने । भोलीको खेल हामीले जित्नैपर्ने हुन्छ, भोलीको खेल जितेर सेमिफाईनलमा खेल्ने लक्ष्य छ ।
साफ च्याम्पियनसिप अन्तर्गत समुह चरणको खेलमा नेपालले भोली बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । अघिल्लो चरण प्रवेशका लागि भएपनि नेपालले सो खेल जित्नैपर्ने हुन्छ ।