२२ भदौ २०७५, काठमाडौं
सभामुख कृष्णबहादुर महरा पाँच दिने भ्रमणका लागि चीनतर्फ प्रस्थान गरेको छन् ।
चीनको ल्हासामा हुने विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उनी आज (शुक्रबार) चीनतर्फ प्रस्थान गरेका हुन् । चीन भ्रमणका क्रममा उनले कल्चरल एक्स्पो तथा ट्रान्स हिमालयन वेल्ट एण्ड रोड इन्टरनेस्नल फोरममा सहभागी हुने कार्यक्रम रहेको उनका प्रेस सल्लाहाकार डिल्ली मल्ले जानकारी दिए ।
यसै क्रममा महराले चीनकै ल्हासामा रहेको नेपाली वाणिज्य दुताबास, रसुवागढी र तातोपानी मितेरी पुलको शिल्यान्यास तथा उद्घाटन गर्ने कार्यक्रम रहेको जनाईएको छ । सभामुख महराले नेतृत्व गर्ने टोलीमा विभिन्न दलका सांसद तथा पत्रकारसहित १० जनाको टोली रहेको बताईएको छ ।