२२भदौ २०७५, काठमाडौं
विश्व फुटबलका महङ्गा स्ट्राईकर नेयमार ब्राजिली फुटबल टिमका स्थायी कप्तान बनेका छन् । मुख्य प्रशिक्षक टिटेले पालैपालो प्रशिक्षक हुनुपर्ने नियमलाई तोड्दै नेयमारलाई स्थायी कप्तान घोषणा गरेका हुन् ।
अमेरिकाविरुद्धको मैत्रीपुर्ण खेलअघि प्रशिक्षक टिटेले उनलाई स्थायी कप्तानका रुपमा नियुक्त गरेका हुन् । फ्रान्सेली क्लब सेन्ट जर्मेनका स्टार नेयमारले आफुले कप्तानको जिम्मेवारी सम्हाल्नु पाउनु आफ्नो लागि सुखद भएको प्रतिक्रिया ब्यक्त गरेका छन् । नेयमारले पछिल्लो समय ब्राजिलका लागि रुसि विश्क कप खेलेका थिए । तर, क्वाटरफाईनलमा बेल्जियमसँग पराजित हुदैँ ब्राजिल खेलबाट बाहिरिएको थियो । उनले सफलतापूर्वक २ गोल हान्न सफल भएपनि अनावश्य फल गरेको तथा लडेको भन्दै उनलाई आलोचित गरिएको थियो ।
कप्तानको जिम्मेवारी ग्रहण गर्दै नेयमारले भने, मैले धेरै कुरा सिकिसकें, अझै धेरै कुरा सिक्न बाँकी छ, यो जिम्मेवारी मेरा लागि सहि सावित हुने छ ।