२३ भदौ २०७५, काठमाडौं
पूर्वी पहाडी जिल्ला भोजपुर स्थित षडानन्द नगरपालिका नेपालमै उच्च शिक्षा नि:शुल्क प्रदान गर्ने नगरपालिमा पहिलो नगरपालिका बनेको छ। नगरपालिका स्थित दिंला बजारमा रहेको एक मात्र उच्च शिक्षण संस्था षडानन्द बहुमुखी क्याम्पसमा शै.स. ०७४÷७५ मा स्नातक तह चार वर्षे विविएस, तथा विएड प्रथम वर्षमा नि:शुल्क उच्च शिक्षा प्रदान गरिएको छ । विद्यार्थी संख्या अभाव र आर्थिक अभावले थला परेको क्याम्पस स्थानीय तहमा जन प्रतिनिधिहरु निर्वाचित भएर आए पछि क्याम्पस संचालनमा सहजता आएको छ ।
गत वर्ष षडानन्द नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यज्यूहरुसँग क्याम्पस ब्यवस्थापन समितिको संयुक्त बैठकले निर्णय गरे अनुसार नगरपालिका तथा वडाबाट सिफारिस भइ आएका विद्यार्थीहरुलाई क्याम्पसले निशुल्क भर्ना गरेको थियो ।
बालागुरु षडानन्दले नेपालकै पहिलो सामुदायिक विद्यालय खोलेर नि:शुल्क शिक्षा प्रदान गर्ने प्रचलनलाई अहिले षडानन्द नगरपालिकाले निरन्तरता दिएको छ । जन प्रतिनिधिहरुको उच्च शिक्षा प्रतिको लगाव र चाहना प्रशंसनीय देखिएको छ । सायद नेपालमै पहिलो पटक उच्च शिक्षा नि:शुल्क प्रदान गर्ने नगरपालिमा पहिलो नगरपालिका षडानन्द नगरपालिका हो ।
नगरपालिकाले क्याम्पसको शैक्षिक विकासका लागि मात्र होइन भौतिक विकासमा समेत महत्वपुर्ण सहयोग पु¥याएको छ । गत आ.व.मा षडानन्द बहुमुखी क्याम्पसको भवन निर्माणका लागि १४ लाख ५० हजार विनियोजन गरेको थियो । सो रकमबाट भवन निर्माणको लागत अनुमान अनुसारको काम सम्पन्न भएको छ ।
हाल क्याम्पस संचालन भइ रहेको स्थानमा भवन निर्माणका लागि १० लाख रकम विनियोजन भएको थियो । सो रकमको पनि योजना सम्झौता भई लागत स्टिमेट अनुसारको कार्य सम्पन्न भएको छ । पुुस्तकालयमा पुस्तक थपिएका छन् । अधिकांश विद्यार्थीले सेटै पुस्तक नि:शुल्क पाएका छन् ।
उक्त कार्यको लागि षडानन्द नगरपालिका परिवार, षडानन्द नगरपालिकाका प्रमुख वीरवल राई, उपप्रमुख मेरिका राई, सबै वडाका वडा अध्यक्षहरु वडा सदस्यहरु, नगरकार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत प्रविधिक शाखा प्रमुख ई. विमलमान राई तथा प्राविधिक कर्मचारीहरु लगाएत सम्पूर्ण षडानन्द नगरपालिकाको प्रत्यक्ष सहयोग रहेको छ।
प्रत्यक्ष वा अप्रतक्ष रुपमा सहयोग गर्ने सबैमा षडानन्द बहुमुखी क्याम्पस हार्दिक धन्यवाद ज्ञापन गर्दै, यस वर्ष पनि यो कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिनेछ भन्नेमा क्याम्पस प्रशासन विश्वस्त रहेको पनि क्याम्पस प्रशासनले बनाएको छ ।