पुरुषलाई देख्दा जुनसुकै महिलाले आफू सुरक्षीत भएको महसुस गर्न सकुन्



२५ भदौ २०७५, काठमाडौं

भनिन्छ, मानव भनेको यो ब्रह्माण्डमा अस्तित्व बोकेका सबै किसिमका प्राणीहरु मध्धेको सबैभन्दा उत्कृष्ट र सर्वश्रेष्ठ प्राणी हो । नैतिकवान र उच्च चेतना भएको, सहयोगी र सद्भावयुक्त मानसिकता बोकेको अनि विवेकशील र सचेत चेतनाले भरिपुर्ण भएको एउटा अभिभावकिय प्राणी समेत हो मानव।

प्राणीहरु भित्रको अभिभावकिय प्राणीको रुपमा चित्रित मानव भित्र पनि सबैले विश्वस र भरोसाको रुपमा पुरुष प्राणीलाई हेरिने गरिन्छ । एउटा घरमा पुरुष छैन भने त्यो घरलाई सुरक्षाको दृष्टिले केही कमजोर मान्ने गरिन्छ । जहाँ पुरुष हुन्छन त्यहा कुनै किसिमको समस्य हुदैन भन्ने भनाई समेत रहेको छ ।

दिनानुदिन मान्छेहरुले जङ्गलको हिंस्रक जनावरहरु बाघ, भालु, सर्प आदि इत्यादीलाई आफुसंग घुलमिल गराइसके, आफ्नो परिवार झैँ निकट बनाईसके अनि आफ्नो सुरक्षाको एक पहरेदार सदस्यको रुपमा समेत खडा गरिसके तर पुरुष अनुहार बोकेका मान्छेहरुबाट यतिबेला महिलाहरु डराउनुपर्ने स्थिती सृजना भएको छ। आफु असुरक्षित हुने सोच्न बाध्य हुनुपर्ने भएको छ।

कुनैपनी अपरिचित ठाउँमा कुनै एक महिला आफू एक्लै हिड्न असुरक्षित महसुस गर्छिन। पुरुषहरु भएको ठाउँमा कुनै महिला निर्धक्क भएर जाने सहास गर्दिनन् । अनि कुनै पनि महिलाहरु एक अपरिचित पुरुषको साथ लागेर कुनै यात्र गर्न चाहदिनन् । यस्को एउटै कारण हो पुरुष रुप बोकेको मानव दिन प्रतिदिन दानवमा परिणत हुनु ।

सुन्तली धामीहरुको अस्मिता जोगाउन नसक्ने पुरुषहरु, निर्मला पन्तहरुको सुरक्षा गर्न नसक्ने पुरुषहरु यो समाजमा यात्रतत्र पाउन थालेकै कारण आजकाल पुरुष भन्ने विश्वाशिलो शब्द नै कलंकित र दुर्गन्धित बन्न पुगेको छ। त्यतिमात्र होइन, यहा त आफ्नै बुबाबाट छोरीहरु सुरक्षित छैनन् , आफ्नै दाजुभाईबाट दिदीबहिनीहरु जोगिएर हिड्नुपर्ने बनिसकेको छ। आफ्नै गुरुबाहरुबाट चेलीहरु जोगिन मुस्किल बनिसकेको छ।

म चाहन्छु, कुनै ठाउँमा पुरुष अनुहारहरु देख्दा परिचित वा अपरिचित जो सुकै महिलाहरुले आफु सुरक्षित भएको महशुस गर्न सकुन। कुनै दिन कोहि पुरुषको साथ लागेर एक महिला कुनै ठाउँ जानू पर्ने भएमा ढुक्कसँग जान सक्ने वातावरण बनोस्। कुनै सुनसान जंगलको बाटोमा त्रासित बन्दै एक्लै यात्रा गर्न विवस कोहि महिलाले हिड्दा हिड्दै कुनै अपरिचित पुरुषलाई भेट्दा आफु सुरक्षित भएको अनुभूति गर्न सकुन। कुनै अपरिचित पुरुषहरुको भिडमा एक महिला पुग्दा मन भित्र कुनै दुबिधा उत्पन्न नहोस साथै साझापख निर्धक्क भएर एउटी महिला घर बाहिर हिड्न सक्ने परिवेशको निर्माण होस म त्यै दिनको पर्खाईमा छु। म त्यै समय खोजिरहेको छु।

प्रतिक्रिया दिनुहोस्