दुई बहिनी एकैदिन गर्भवती, एकैदिन जन्माए जुम्ल्याहा बच्चा



विश्वमा भइरहेका विभिन्न प्रकारका विचित्र खालका खबरहरु सुनिदै आइरहेको छ । जुन सुन्दा मानिसहरु यसबारे सोच्न नै बाध्य हुने गर्दछन् । अमेरिकामा यस्तै एउटा अनौठो घटना भएको छ । जुन सुन्दा पत्याउने गाह्रो हुने गर्दछ । तर यो सत्य घटना रहेको छ ।

त्यहाँ रहदै आएका दुई दिदी बहिनी एकैदिन गर्भवती भए । उनीहरुले एकैदिन बच्चा जन्माए । अझ अनौठो कुरा त दुबै दिदीबहिनीले नै जुम्ल्याहा बच्चा जन्माए । ती दुईले जन्माएका ४ वटा बच्चाहरुको अनुहार पनि मिल्दोजुल्दो रहेको छ । यो मामला कुनै चमत्कार वा संयोग जस्तो रहेको छ । तर यथार्थमा यो घटनाबारे बुझ्दा मानिसहरु नै छक्क परे ।

दुई अलग अलग आमाबाट जन्मिएका बच्चाहरु खासमा चम्ल्याहा हुन् । दिदी र बहिनीको गर्भबाट जन्मिएका भए पनि चारैजना बच्चाका पिता चाहीँ एउटै हुन् । अर्थात् चारैजना बच्चा एउटै दम्पत्तिका भु्रण हुन् । जसलाई पछि आधा आधा गरी दुई कोखमा बाँडिएको हो ।

खासमा अमेरिकाको आहियोमा बस्दै आएकी एनी जोनसन र उनका पति जबी जोनसन विवाहको लामो समयसम्म पनि बच्चा नजन्मिँदा चिन्तित भइरहेका थिए । उनीहरुले गर्भ राख्नका लागि कैयौँ प्रयास गर्दा पनि सकिरहेका थिएनन् । उनीहरुको उक्त निराशा देखेर एनीकी दिदी क्रिसीले एउटा निकै राम्रो उपाय पहिल्याइन् ।

क्रिसी आफ्नी बहिनीका लागि सेरोगेट मदर बन्नका लागि तयार भइन् । उनले बहिनीको बच्चालाई आफ्नो कोखमा पाल्नका लागि तयार भएको बताउदै बहिनी ज्वाँइलाई सन्तान सुख दिन तयार भईन् ।

त्यसपछि जब ती तिनैजनाले डाक्टरसँग सल्लाह लिए, तब डाक्टरले पनि उनीहरुलाई उक्त कुराका लागि सहमति दिए । डाक्टरले सबैभन्दा पहिले एनीको डिम्ब निकाले र त्यसलाई उनका पति जोबीको शुक्रकिटसँग मिलन गराई समागम फर्टिलाइज गराए । त्यसरी तयार पारिएको भु्रणलाई क्रिसीको पाठेघरमा प्रत्यारोपण गराए । त्यस्तै दुई भु्रणण अन्तिम प्रयास स्वरुप एनी स्वयंको पाठेघरमा पनि प्रत्यारोपण गराए ।

संयोगवश एनी र क्रिसी एकै दिन गर्भवती भए । अर्थात् दुबैमा सफलतापूर्वक कृत्रिम गर्भाधान भयो । एकैदिन गर्भवती बनेका दिदी बहिनीले एकै दिन जुम्ल्याहा बच्चा जन्माए । चारैवटा बच्चा एउटै दम्पत्तिको भु्रणबाट जन्मेको भएकाले ती बच्चाहरुको पनि अनुहार मिल्यो ।

प्रतिक्रिया दिनुहोस्