तपाई मोटोपन वा पेटको बोसो घटाउन चाहानुहुन्छ भने दैनिक यी ५ कुरा खानुहोस..



२८ भदौ २०७५, काठमाडौं

ग्रिन टी :
ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ । त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ ।

काँक्रो :
बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ, यसले पेटको झाडुको काम पनि गर्छ । जसले गर्दा बिस्तारै बोसो कम हुन्छ ।

धनियाँको जुस :
यसमा क्यालोरी निकै कम पाइनछ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन । यसले किड्नी ठिक राख्न समेत सघाउँछ ।

अदुवाको रस :
प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ । यसले शरीरको बोसो समेत बर्न गर्न सघाउँछ ।

एलोभेरा जुस :
एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ । यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ ।

नोट: सबैभन्दा उत्तम उपाय भनेको खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने हुन् । त्यसकारण यी खानेकुरासहित नियमित व्यायाममा पनि ध्यान दिनुहोला

प्रतिक्रिया दिनुहोस्