२९ भदौ २०७५, काठमाडौं
चौकोणीय एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत भारतको यू–१९ ए टिमविरुद्ध नेपालको यू–१९ टोलीले पहिले ब्याटिङ गर्ने भएका छन् ।
भारतको लखनउमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । आसिफ शेखको कप्तानी रहेको नेपालले केहि बेरमा ब्याटिङ थाल्नेछ ।पहिलो खेलमा पराजित नेपाल भारतको ए टिमविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने भएको छ । सिरिज दोस्रो चरणमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब रहेको छ । पहिलो खेलमा नेपाल भारतको यू–१९ को बि टिमसंग ४० रनले पराजित भएको थियो । भारतको ए टिमले भने अफगानिस्तानको यू–१९ टोलीलाई १४० रनले हराएको थियो । भारतविरुद्ध दोस्रो खेल लिएर मैदान उत्रदा नेपाल युथ एसिया कपको जितलाई निरन्तरता दिने प्रयासमा हुनेछ ।
भारतीय क्रिकेट बोर्डको योजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक एक यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाली टोलीमा कप्तान आशिफ शेख सहित सन्दीप जोरा, तृत राज दास, रित गौतम, भिम सार्की, कमल सिंह ऐरी, राशिद खान, संसद आलम, सागर ढकाल, रबी साह र पवन शार्रफ रहेका छन् ।