२९ भदौ २०७५, काठमाडौं
एक गर्भवती महिलाले आफुले खाएको सुपमा मरेको मुसा भेटेपछि चर्चित चिनियाँ रेस्टुरेन्टले करोडौको नोक्सानी बेहोर्नु परेको छ। सुप खाने क्रममा ति महिलाले चपस्टिक मार्फत सुपमा मरेको मुसा निकाल्दै गरेको तस्विर अनलाईनमा भाइरल भएपछी उक्त शिआबु शिआबु नाम गरेको रेष्टुरेन्टले आफ्नो सेयरबजारमा १९ करोड डलर गुमाउदै वर्षको सबैभन्दा तल्लो स्तरमा पुगेको छ।
सुपमा मुसा भेटीसँगै शेनडुङ्ग प्रान्तको औतालेतालाई अस्थाई रुपमा निलम्बित गरिएको छ। उक्त रेष्टुरेन्टले कथित रुपमा उक्त महिलालाई पाँच हजार युआन (८४ हजार रुपैया) क्षेतिपूर्ति दिने आफ़र समेत गरेको छ। तर महिलाले आफ्नो श्रीमानसँग कुरा गरेपछि रेष्टुरेन्टको उक्त आग्रह अस्विकार गरेकी छिन्। क्षेतिपुर्तिको रकम निर्धारित हुनुअघि श्रीमतीको फुल बडी चेक अप हुनुपर्ने श्रीमानले अडान लिएका थिए। उक्त महिला सेप्टेम्बर ६ तारिखको दिन आफ्नो परिवार सहित रेष्टुरेन्ट गएकी थिईन।
जब महिलाको श्रीमानले आफ्नो श्रीमतीको गर्भमा हुर्किरहेको बच्चाको चिन्ता लिए तब उक्त रेष्टुरेन्टका एक स्टाफले गर्भपतन गराउने सल्लाह दिदै त्यसको लागि २० हजार युआनको अफर समेत गरेका थिए।
जब खादै गरेको उक्त सुपमा मरेको मुसा भेटिएको तस्बिर सामाजिक मिडियाहरुमा भाइरल भयो एक प्रयोगकर्ताले तत्काल प्रतिक्रिया दिए मलाई वान्ता आउला जस्तो भयो। अब मा कहिल्यै पनि बाहिर खादिन।
त्यसैगरी अर्का प्रयोगकर्ताको प्रतिक्रिया छ, शिआबु शिआबु मलाई एकदमै मनपर्ने रेष्टुरेन्ट हो। मलाई लाग्थ्यो यो निकै सफा छ तर म अब यसलाई विस्वास गर्न सक्दिन।
अर्का एक प्रयोगकर्ता लेख्छन , यदि उनीहरुको बच्चालाई केहि भएको भए क्षेतिपूर्ति कसरि दिन्थे ? के कसैको जीवन २० हजार युआन हो ?