सन्दीपको अर्धशतकमा नेपालद्वारा भारतलाई १५७ रनको लक्ष्य प्रस्तुत



२९ भदौ २०७५, काठमाडौं

चौकोणीय एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले भारतको यू–१९ ए टोलीलाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ । लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएपछि भारतले मध्यम लक्ष्य पाएको हो ।

नेपालका लागि सन्दीप जोराले ६६ रनको अर्धशतकीय इनिङस खेले । यस्तै तृत राज दासले ४६ रन जोड्दा भिम सार्कीले २८ रन जोडे बनाए । भारतका अजय देव गड र याई डी माङवानीले ४र४ विकेट लिए । पहिलो खेलमा पराजित नेपाल भारतको ए टिमविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको हो । सिरिज दोस्रो चरणमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब समेत रहेको छ ।

भारतीय क्रिकेट बोर्डको योजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक एक यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्